एजेन्सी । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।
श्रीलङ्काको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन भएको हो ।
आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ ।
Leave a Reply