Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – दुई महिनामै तीतो अनुभव गरेँ, अब एमालेलाई कतै जाने ठाउँ छैन

    प्रधानमन्त्री प्रचण्डले भने – दुई महिनामै तीतो अनुभव गरेँ, अब एमालेलाई कतै जाने ठाउँ छैन

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 588
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन् ।

    महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले एमाले अध्यक्ष ओलीसँग पहिलो दल भएका नाताले कांग्रेसलाई राष्ट्रपति दिन आग्रह गरे पनि ओली नमानेको उनको भनाइ छ।



    ओलीले नमानेपछि आठ दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको प्रचण्डको भनाइ छ। उनले यो नै राष्ट्रिय सहमति भएको बताए। राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार