Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनमोर्चाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सारेका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर पौडेललाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७९ फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारका रुपमा श्री रामचन्द्र पौडेललाई अगाडि सारेको छ । हाम्रो दलले नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ।’

जनमोर्चाले नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको भन्दै अहिले पनि एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि नहटेको बताएको छ।

संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था भएको र प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भंग गर्न सकिन्छ भन्ने मान्यताबाट एमाले पछाडि नहटेको उनको भनाइ छ।

राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको आरोप लगाउँदै केसीले एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077