Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीजी पुरानो साथी हो, उहाँको पनि सहयोग पाउँछु : रामचन्द्रले पौडेल

काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो सर्वसम्मत बन्ने इच्छा रहेको बताएका छन्।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन् । नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफूसँगै जेल बसेको स्मरण गरे।

पौडेलले भने, ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु । मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’

उनले सर्वसम्मत राष्ट्रपति हुनका लागि आफूले प्रयास गरेको पनि बताएका छन् । उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने बताए ।

एमालेले भने उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेलले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी गणतन्त्र संस्थागत गर्नका लागि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077