Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य

    नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 615
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।

    युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो । नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए ।



    ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए । यस्तै कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।



    विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

    दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे । पहिलो खेलमा नेपालले हिजो शुक्रबार सिंगापुरलाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार