Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा पौडेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्।

चुनावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन्।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पौडेलले गराएको उम्मेदवारी दर्तामा प्रस्तावक शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र मो.अब्दुल खान छन्।

समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्। यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077