काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ ।
केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन संवाद गर्ने निर्णय गरेको हो ।
उपमहासचिव पृथ्बीसुब्बा गुरुङले भने, ‘राष्ट्रपतिको निर्वाचनमा हामीले पुस १० गते गठबन्धनमा भएको सहमतिबमोजिम पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छौं ।
कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनसम्म हामी छलफल र संवाद गछौं । सहकार्यको वातावरण बनाउँछौं ।’
उनले अहिले सरकारबारे भने कुनै छलफल नभएको बताए । एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Leave a Reply