काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ । राप्रपा सरकारबाट बाहिरिने सम्भावना बलियो रहेको बताइएको छ ।
शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन भत्किएको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ। आजै उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ।