काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग खेल्दैछ ।
नेपालले आफ्नो दोस्रो खेलमा कुबेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहान्छ ।
पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
Leave a Reply