Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक बस्दै, सरकारबाट बाहिरिन सक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज आकस्मिक बैठक बस्दैछ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बिहान ८ बजेका लागि बोलाइएको हो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्ने बताइएको छ । कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

यसअघि राप्रपाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077