Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भत्कियो सत्तागठबन्धन : राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो

    भत्कियो सत्तागठबन्धन : राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 684
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ ।

    विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए ।



    तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् ।



    यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचमा शुक्रबार दिउँसो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो भेटका क्रममासमेत प्रचण्डले राष्ट्रपतिमा सहमतिको अडान लिएपछि एमाले अध्यक्ष ओली निराश हुँदै बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि पुनः १० पुसअघिको कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बालुवाटारमा नै बसेको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार