Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटार सहमतिपछि कांग्रेस महामन्त्री शर्माको टिप्पणी - ‘पिँजडा’ अन्ततः भत्किने भयो

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘पिँजडा’ अन्ततः भत्किएको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेलगत्तै शर्माले ट्विट गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सत्ता गठबन्धनलाई पिँजडाको संज्ञा दिए ।

उनले लेखेका छन् ''पिंजडा' अन्ततः भत्किने भयो ! रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !'

शर्मा यसअघिदेखि निरन्तर रुपमा कांग्रेसले प्रस्तावित गरेको व्यक्ति नै राष्ट्रपति निर्वाचित हुने बताउँदै आएका थिए । बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने टुंगो लगाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। बैठकमा सहभागी नेपाली कांग्रेससहित, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077