Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

    बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । राष्ट्रिपतको विषयमा छलफल गर्न तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरू भएको हो।



    राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।



    बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिलेको बैठकले राष्ट्रपतिबाट ठोस निर्णय गरेर एकैठाउँमा उभिने निर्णय गर्ने बिहानको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले बताएका थिए ।

    बिहान बसेको कांग्रेस, माओवादी, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । त्यही विषयलाई मूर्तरूप दिनको लागि अहिले बैठक बसेको हो ।

    गत मंसिर ४ को निर्वाचनअघि एउटै गठबन्धनमा रहेका यी चार दल अब राष्ट्रपति निर्वाचनमा फेरि एक ढिक्का हुनेबारे छलफलमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार