Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरेर बालुवाटारबाट निस्किए ओली

    प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरेर बालुवाटारबाट निस्किए ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन् । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।



    ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धन शीर्ष नेताहरु छलफल गर्ने भएका छन् । राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताएका छन् ।



    बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो । पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार