काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी गराएकी हुन ।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३३१ रुपैयाँ निर्धारण गरेको हो ।