Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक वार्ता सुरु

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक वार्ता सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

    प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघिमात्र बालुवाटार पुगेका हुन्। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्।



    उनीहरू फेरि फाइनल गर्नका लागि बैठकमा बस्ने समझदारी गरेर उठे लगत्तै प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन्। बुधबार र बिहीबार भएका दलहरुबीचको छलफलमा पुरानो गठबन्धन व्युँताउनेगरी छलफल भएको थियो ।



    ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए। तर, राष्ट्रपति निर्वाचनको मनोनयन शनिबार हुँदैगर्दा सत्ता साझेदार दलहरु छिन्नभिन्न हुने खतरा बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार