Online Nepal
  • शनिबार, २० पुष २०८१
  • यू-१९ विश्वकप एसिया छनोट : नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

    यू-१९ विश्वकप एसिया छनोट : नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 654
    SHARES

    काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

    यूएईको अजमानमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको हो ।



    आकाशले इडेन गार्डेन ओभल मैदानमा १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरि ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जति खेर नेपालको स्कोर १ सय ४५ रन थियो ।



    दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालस“ग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए । कप्तान देव खनालले २१ रन बनाए ।

    उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके ।

    मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार