Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा चार दलको बैठक ९ बजेदेखि जारी

    बालुवाटारमा चार दलको बैठक ९ बजेदेखि जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठक चलिरहेको छ ।

    नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको बैठक बिहान करीब ९ बजेदेखि बसिरहेको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु रहेका छन् ।



    राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो । संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ।

    कांग्रेसहितको बैठकपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवार मनोनयनको कार्यतालिका छ । शुक्रवारसम्म उम्मेदवारबारे सहमति जुटेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार