Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता रावलले भने- राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरू भैलो खेलिरहेका छन्

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत पुुगेका एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले यो धेरै दिन नटिक्ने दाबी गरेका हुन्।

रावलले भने,‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो । यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।’

उनले केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी गरे । रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए ।

उनले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077