काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले बिजनेश दिन नसक्दा प्रतिनिधि सभाका बैठक प्रभावकारी हुन नसकेको गुनासोसमेत सांसदहरूको छ ।