Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अनधिकृत प्रहरी बिट हटाइँदै

    अनधिकृत प्रहरी बिट हटाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ ।

    कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ ।



    यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट हटाएको थियो । कामपाले बाटो र सडक ओगटेर निर्माण भएका संरचना हटाउने क्रममा विभिन्न क्षेत्रका बाटो र पेटीमा प्रहरी बिट निर्माण गरेको भेटिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो– ‘प्रहरीले कामपालाई बिनाअनुमति र बिनाजानकारी प्रहरी बिट राखेपछि हटाउने तयारी गरेका हौं ।’



    कामपा प्रहरीका प्रमुख पाण्डेले केही दिनअघि प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पोषराज पोखरेललाई फोटोसहितको प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

    उक्त प्रतिवेदनमाथि प्रहरी प्रधान कार्यालयको राय प्राप्त भएपछि प्रहरी बिट हटाउने विषयमा निर्णय गरिने कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।
    नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार