Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक परिषद्सम्बन्धी विधेयक मन्त्रीपरिषदबाट पारित

काठमाडौं । सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

बैठकले सो विधेयकलाई फाष्ट ट्रयाकमा पास गर्नेगरी अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।

यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न समेत समस्या परेको थियो ।

परिषद् निष्क्रिय हुँदा प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077