भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश दुर्घटनातिर जाने सम्भावना रहेको चेतावनी दिएका छन् ।
भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको चेतावनी दिएका हुन् ।
उनले विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने बताए ।
व्यक्तिगत स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको उनले बताए ।
Leave a Reply