काठमाडौं । सरकारले अत्यावश्यकका कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यकका सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो ।
सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महत्वपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गरिन लागेको हो ।
शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला रहने बताइएको छ ।