Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुपुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूसँगको छलफलपछि यादवले माओवादी आफूहरू उपराष्ट्रपति दिन सकारात्मक भएको बताएका हुन्।

उनले जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सकारात्मक रहेको पनि बताए ।

उनले भने, ‘छलफल सरकारात्मक छ । हामीलाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक भएको पाएको छौं ।सरकारलाई गतिशील बनाउको लागि हामी तयार छौं ।’

सरकारमा रहेका दलहरूले लाइन क्लियर नगरेसम्म को कता भन्ने कुराको थाहा नहुने बताए । राष्ट्रपतिमा कांग्रेस, नेकपा एस र एमालेको दाबी रहेको भन्दै उनले अहिले कांग्रेसलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा प्रचण्ड रहेको बताए ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ। यसपछि माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका नेताहरूको बैठक हुनेछ। आजै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच पनि छलफल हुने बताइएको छ।

यसअघि कांग्रेस र माओवादी केन्द्रले बुधबार मंसिर ४ गते चुनाव भन्दा केही दिनअघि सम्म कायम रहेको पुरानो गठबन्धनलाई ब्युँताउने अनौपचारिक सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077