Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगे जसपा अध्यक्ष यादव

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्।

उनी नेता राजेन्द्र श्रेष्ठसहित बालुवाटार पुगेका हुन्। उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् ।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र सम्भावित राजनीतिक समीकरणका विषयमा दलहरूसँग छलफल गरिरहेका छन् ।

यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका थिए।

यसअघि बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गरेका हुन्।

आजै साँझ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दैछ। प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिँदै आएका छन् भने कांग्रेसका सहित विपक्षमा रहेका दलहरूसँग समेत दाहाल निरन्तर संवादमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077