काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न साढे ४ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपतिमा दलहरूबीच संवादका श्रृंखला चलिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।