काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिनसकेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको छलफलपछि बाहिरिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगेका छैनौँ । प्रधानमन्त्रीले एमाले अध्यक्षसँग नि छलफल गरिरहनुभएको छ । सबै दलहरूसँग छलफल चलिरहेको छ।’
श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताए ।
तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरुसँग पनि छलफल गर्ने बताए ।
Leave a Reply