काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बङ्गलादेश प्रस्थान गरेका छन्।
‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान प्रस्थान गरेका हुन् ।
बिहीबार मध्यान्ह १२ः४० बजे विमान बङ्गलादेश एयरलाइन्सबाट बङ्गलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ।
साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शङ्कर खतिवडालगायत पनि बङ्गलादेश गएका छन्।
शुक्रबार खनाल र बंगलादेशकी सम्माननीय प्रधानमन्त्री शेख हसिनाको बिचमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।