Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

    युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

    बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।



    उनले भने, ‘सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईँहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ।’



    ब्याचका सिनियर क्याडेटलाई संरक्षकका रूपमा रहेका प्रधानमन्त्री दाहालले दर्ज्यानी चिन्हसमेत प्रदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार