Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पाँच दलीय गठबन्धन ब्युँताउने प्रचण्डको तयारी, निर्णायक वार्ता हुँदै

    पाँच दलीय गठबन्धन ब्युँताउने प्रचण्डको तयारी, निर्णायक वार्ता हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 654
    SHARES

    काठमाडौं । नयाँ राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ ।

    राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ उनीहरुबीच भेटघाट हुने भएको हो ।



    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि राजनीतिक दलका नेताहरूसँग छलफलमा जुटेका छन् ।



    प्रधानमन्त्री प्रचण्डले अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग सिंहदबारमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतको दाबी छ ।

    प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा दुई पक्षीय र बहुपक्षीय छलफल गर्ने र साँझ सबै राजनीतिक दलहरू एकठाउँमा बस्ने तयारी भइरहेको जनाईएको छ ।

    प्रधानमन्त्री निवासमा बुधबार कांग्रेस सभापति देउवा लगायत नेताहरूले प्रधानमन्त्री दाहालसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए ।

    बुधबार पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नेताहरूले दुईपक्षीय छलफल गरेका थिए । त्यसपछि बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनाउने समझदारी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार