Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

    राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा प्रचण्‍ड र देउवाबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ।



    भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए।



    एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए। प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेका छन्।

    दलहरूका आ-आफ्नै अडानका कारण राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लागेको छैन्। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार