एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब पोर्टोलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले पोर्टोलाई १–० ले पराजित गरेको हो ।
खेलको ८६ औं मिनेटमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।
यस्तै, खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभियो रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो ।
यो जितसँगै इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ।
Leave a Reply