Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाशको प्रस्ताव – देउवा राष्ट्रपति, पौडेल दलको नेता, खड्का कार्यवाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत् महामन्त्री शर्मा यस्तो प्रस्ताव गरेका हुन् ।

सभापति देउवालाई राष्ट्रपति बनाएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउने प्रस्ताव राखेका हुन्।

यस्तै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिने प्रस्ताव राखेका हुन्। आफ्नो प्रस्ताव दलीय दृष्टिले पनि उचित रहेको उनले बताए।

उनले भनेका छन्, “सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक । दलीय दृष्टिले मेरो प्रस्ताव उचित । तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त भन्ने साथीहरुको यो विश्लेषण बढी परिपक्व छ ।''

यस्तै उनले ‘मेरो बुझाइ नै अन्तिम सत्य’ यस्तो भ्रममा म कहिल्यै नरहने टिप्पणी गरे । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन् । फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

यता, नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने र माओवादीको सहयोगमा जिताउने रणनीति लिएको छ । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077