Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 702
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

    सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका हुन् ।



    चौधरीलाई फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गरेकी थिइन् ।



    कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

    चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य भएका छन् । थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल परेका थिए।

    उनी जेल परेपछि सांसद पद निलम्बित भएको थियो। चौधरी कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार