Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही होस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले लघुवित्त संस्थाहरूमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले लघुवित्त संस्थाको कारण गरिबहरू उठ्नै नसक्नेगरी थला परेको सदनलाई जानकारी गराए।

उनले भने- 'लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको हो ।'

थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको बताउदै बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077