काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै पार्टीका सांसद गङ्गाराम चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्, थारूले भने ।