Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपतिबारे प्रचण्ड र ओलीबीच दुई घण्टा वार्ता, विकल्प खोज्दै ओली

    राष्ट्रपतिबारे प्रचण्ड र ओलीबीच दुई घण्टा वार्ता, विकल्प खोज्दै ओली

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग झण्डै दुई घण्टा लामो वार्तापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्।

    राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका ओली दुई घण्टापछि बाहिरिएका हुन् ।  तर प्रचण्ड र ओली आ-आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको छ।



    पुस १० को सहमतिअनुसार राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडानमा रहेका ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि मिलाएर लानुपर्ने पक्षमा रहेका प्रचण्डबीच अझै कुरो मिल्न सकेको छैन।



    गत पुस २६ गते आफूलाई विश्वासको मत दिएपछि राष्ट्रपतिमा कांग्रेसलाई पनि समेटेर लैजाने प्रचण्डको अडानले सत्ता गठबन्धन दलहरुबीच खटपट बढिरहेको छ। यस्तोमा प्रचण्डको अडानले एमालेबाट राष्ट्रपति नहुने सम्भावना भइरहँदा ओली विकल्पको खोजीमा लागिरहेका छन्।

    उनले एमालेबाटै फुटेर गएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि राष्ट्रपतिमा अघि बढाउने चर्चा राजनीतिक वृत्तमा छ। तर उता कांग्रेसले भने राष्ट्रपतिमा आफूलाई सघाए प्रचण्डलाई पाँचै वर्षका लागि प्रधानमन्त्रीमा समर्थन गर्ने औपचारिक प्रस्ताव गरिसकेको छ।

    यस्तोमा प्रचण्डले आफ्ना दुई खुट्टा दुईतिर राखिसकेको निष्कर्ष निकालेको एमालेले राष्ट्रपतिबारे निर्णय लिन दबाब बढाउँदै लगेको छ। पुस १३ गते राष्ट्रपति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ ।

    पुस २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ । बुधबार मात्रै निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार