Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • राष्‍ट्रपति निर्वाचनमा रविसहित तीन जनाले मतदान गर्न नपाउने

    राष्‍ट्रपति निर्वाचनमा रविसहित तीन जनाले मतदान गर्न नपाउने

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 816
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

    राष्ट्रपति निर्वाचनमा तीन जना सांसदहरुले भने मतदान गर्न नपाउने भएका छन्। नागरिक उन्मु्क्ति पार्टीका सांसद अरूण चौधरी, नेपाली कांग्रेसका टेकबहादुर गुरूङ र राष्ट्रिय स्‍वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति निर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।



    थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका सांसद चौधरी जेलमुक्‍त भएपनि उनको सांसद पद फुकुवा नभएपछि निर्वाचनमा भाग लिन पाउने छैनन् ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदा मिनाह गरिदिएपछि सांसद चौधरी रिहाइ भएका हुन्। तर संसद सचिवालयले उनको निलम्बन पद फुकुवा गरेको छैन।



    उनीसँगै नेपाली कांग्रेस सांसद  गुरूङले पनि मतदान गर्न नपाउने भएका छन्। सांसद भएपनि उनको भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधिन छ। यस्तै राष्ट्रिय स्‍वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद पद खारेज छ।

    नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो। लामिछानेले अदालतको आदेशअनुसार पुन: नेपाली नागरिकता प्राप्त गरेका छन्। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा रविसहित तीनै जनाको नाम छैन।

    निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको छ।जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य ३३१ जना र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने छन् ।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।

    संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार