Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दुर्गा प्रसाईंका पूर्व सहयोगी चौधरीले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

    दुर्गा प्रसाईंका पूर्व सहयोगी चौधरीले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    झापा । झापाको बिर्तामोडमा पेट्रोल छर्किएर एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

    बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न चार बजे शरीरमा पेट्रोल छर्किएर बिर्तामोड ७ बस्ने ३४ वर्षीय विजय चौधरीले आत्मदाहको प्रयास गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनापछि चौधरीलाई तत्काल उद्धार गरी अटोमा हालेर उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको बताइएको छ ।



    आत्मदाहको प्रयास गरेका चौधरी केही समय अघि मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’को सहयोगीका रूपमा रहेका बुझिएको छ । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ।

    उनले किन आत्मदाह गरे भन्ने कारण खुलेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार