Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • स्कटल्यान्डलाई हराएपछि प्रधानमन्त्रीले दिए नेपाली टिमलाई बधाई

    स्कटल्यान्डलाई हराएपछि प्रधानमन्त्रीले दिए नेपाली टिमलाई बधाई

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टिमलाई बधाई दिएका छन् ।

    मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसा गरेका हुन् ।



    सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।



    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा २१३ रनको लक्ष्य पछ्याएको नेपालले८ विकेटको क्षतीमा स्कटल्यान्डमाथि जित निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार