Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा अध्यक्ष ठाकुर पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

    राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा अध्यक्ष ठाकुर पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 561
    SHARES

    काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

    पार्टीले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् ।



    महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीले बतायो ।



    राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाको तयारी छ ।

    लोसपाका नेताहरुले आज नभए भोलि बिहानसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेको सो पार्टीले बतायो । लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार