Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • मन्त्री मोदी भन्छन्- कर्मचारी सरुवामा अब ‘भनसुन’ प्रवृत्ति अन्त्य गर्छौं

    मन्त्री मोदी भन्छन्- कर्मचारी सरुवामा अब ‘भनसुन’ प्रवृत्ति अन्त्य गर्छौं

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 633
    SHARES

    मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।

    विराटनगरमा मंगलबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।



    कर्मचारी सरुवाको बेथिति न्यूनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौं, सरुवामा अब भनसुन चल्दैन।’



    प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्नका लागि जोड दिन मन्त्री मोदीले निर्देशन समेत दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार