दैलेख । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्।
राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले माधव नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताए ।
सचिव भट्टराईले भने, ‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ भने हामी सकारात्मक छौँ भनेर हाम्रो अध्यक्ष केपी ओलीले संकेत गर्नुभएको हो। नेपाल राष्ट्रपति भएपनि नेकपा एमालेको समर्थनमा हुने हो, यसमा हामी लचक छौँ।’
उनले एमालेको मियोमा नेपालका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने बताए। नेपालका अरु कुनै पनि दलको मियोमा नेपालको कम्युनिष्टहरु एक ठाउँमा हुन नसक्ने सचिव भट्टराईको दाबी छ।
एमाले सचिव भट्टराईले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रुपमा पनि नमिल्ने बताए।