Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार गठन गर्न प्रचण्डलाई एमालेले उद्धार गरेको हो : योगेश भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको टिप्पणी गरेका छन् ।

एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले एमालेले राष्ट्रपति मागेको नभई प्रचण्ड आफैले प्रस्ताव गरेको बताए ।

भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दे भट्टराईले आफैले गरेको प्रस्तावबाट प्रचण्डपछि नहट्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077