Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बालाजु घटना : प्रहरीको कमजोर कमाण्ड, दुई डिएसपीलाई कारबाहीको सिफारिस

    बालाजु घटना : प्रहरीको कमजोर कमाण्ड, दुई डिएसपीलाई कारबाहीको सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

    बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।



    सोही छानबिन समितिले बालाजु प्रहरी वृत्तका तत्कालीन डिएसपी रविन विष्ट र सोह्रखुट्टे वृत्तका डिएसपी गणेशबहादुर बमलाई कारबाही सिफारिस गरेको हो ।



    यातायात मजदूरको आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडी तोडफोड गरी जलाइएका थिए।

    ल्होत्से मलका दुई मोबाइल पसलमा पनि लुटपाट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार