काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका विन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आजै पक्राउ परेका रेग्मीलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले थाइल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।
उनीविरुद्ध सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुलाई अपशब्द प्रयोग गर्दै लाञ्छना लगाउने गरेको आरोप छ ।
Leave a Reply