काठमाडौं । जर्मन–दक्षिण एसियाली संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेको छ ।
सोमबार भएको भेटवार्तामा उक्त प्रतिनिधि मण्डलको नेतृत्व रिनाट कुनाष्टले गरेकी थिइन् ।
जर्मनको पूर्व खाद्य र कृषीमन्त्रीसमेत रहेकी कुनाष्टसँगको भेटमा नेपाल–जर्मन सम्बन्धलाई थप मजबुत बनाउन द्विपक्षीय सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Leave a Reply