Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट

    प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच छलफल भएको हो ।



    माओवादी संसदीय दलको कार्यालयमा जारी भेटमा राष्ट्रपतिको विषयबारे छलफल हुने बताइएको छ ।



    सिंहरदबार स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भैरहेको छ ।

    पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेका हुन्।

    यसअघि प्रधनमन्त्री प्रचण्डसँग आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार