Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

कास्कीको पोखरामा पार्टीको गण्डकी प्रदेश समितिले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दुषित हावा देखा पर्न थालेको बताए । प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो । राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्।

ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन। राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ।’

जनताका सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तरण गरिने उनले बताए। उनले समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल चलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077